प्रतिनिधिसभाको बैठक पुस १६ गतेसम्मका लागि स्थगित



काठमाडौं । सभामुखको टुंगो नलागेपछि शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । बैठकमा सभामुख निर्वाचनको कार्यतालिका तय गर्ने सम्भावित कार्यसूची भएपनि नेकपाले उम्मेदवारकै टुंगो नलगाएपछि निर्वाचन कार्यतालिकाका लागि बोलाइएको बैठक सूचना टाँसेर पुस १६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

शुक्रबारै उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने र प्रतिनिधिसभा बैठकको अध्यक्षता प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले गर्ने तयारी भनिए पनि बैठक उपसभामुख तुम्बाहाम्फेको राजीनामा पनि आएको छैन ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ ।

प्रचण्डमाथि पूर्वमाओवादीबाट सभामुख पद छोड्न नहुने दबाब छ भने पूर्वएमालेहरु पार्टी एकीकरणपछि पनि भागवण्डा खोज्न नहुने भन्दै संसदीय प्रक्रियाका अनुभवी सुवास नेम्वङलाई सभामुख बनाउनुपर्ने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार