अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भयो भन्नेहरुको त्रास मात्रै होः संचारमन्त्री बास्कोटा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बनेको बताएका छन् ।

मिडिया काउन्सिल विधेयक माथिको छलफलमा मन्त्री बास्कोटाले तथ्य र प्रमाण विना समाचार लेख्ने प्रवृति र ‘हेडलाइनकारिताले’ यो क्षेत्र समस्याग्रस्त भएको बताएका हुन् । तथ्यबिना लेखिएका समाचारहरुमा पीडित पक्षले आफ्नो कुरा सुधार्ने ठाउँ नपाएकाले विधेयकको आवश्यकता परेको उनले बताए ।

पीडित पक्षले पनि स्पष्टिकरण दिने ठाउँ समेत नदिने र पुष्टि नभएका समाचार लेख्नेहरुलाई दण्ड जरिवाना दिने व्यवस्था गरिएको बताए । विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगरेको बास्कोटाले गरे ।

‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कल्पना गर्न सक्दैनौँ । नेपालको संविधानलाई टेकेर बन्ने कुनै पनि कानुनले त्यो अनुमति दिँदैन’, बास्कोटाले भने ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भयो भन्नेहरुको त्रास मात्रै हो । त्यो व्यक्तिगत रुपमा प्रकट हुने कुरा हो ।’

बास्कोटाले अरुको सबै कुरा पारदर्शी खोज्नेले आफूलाई पारदर्शी राख्नुपर्ने बताए । सात लाखप्रति पत्रिका छाप्नका लागि भनेर पेपर ल्याउने तर १ लाख छापेर अरु बजारमा बेच्ने कुरालाई नियन्त्रण गर्न विधेयक आवश्यक भएको उनले बताए ।

प्रेस काउन्सिलले गरेको वर्गिकरणको सन्दर्भमा धेरैले आपत्ति जनाउने गरेको तर कति प्रति छापियो, कतिले पढे ? भन्ने कुरा अनुगमन गर्न जाँदा लुकाउने प्रवृति रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीद्वारा दाबी पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीलाई एमालेको समर्थन

सुदूरपश्चिम । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा समर्थन गर्ने भएको

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा ६ जना विनाविभागीय मन्त्री नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री