अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भयो भन्नेहरुको त्रास मात्रै होः संचारमन्त्री बास्कोटा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बनेको बताएका छन् ।

मिडिया काउन्सिल विधेयक माथिको छलफलमा मन्त्री बास्कोटाले तथ्य र प्रमाण विना समाचार लेख्ने प्रवृति र ‘हेडलाइनकारिताले’ यो क्षेत्र समस्याग्रस्त भएको बताएका हुन् । तथ्यबिना लेखिएका समाचारहरुमा पीडित पक्षले आफ्नो कुरा सुधार्ने ठाउँ नपाएकाले विधेयकको आवश्यकता परेको उनले बताए ।

पीडित पक्षले पनि स्पष्टिकरण दिने ठाउँ समेत नदिने र पुष्टि नभएका समाचार लेख्नेहरुलाई दण्ड जरिवाना दिने व्यवस्था गरिएको बताए । विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगरेको बास्कोटाले गरे ।

‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कल्पना गर्न सक्दैनौँ । नेपालको संविधानलाई टेकेर बन्ने कुनै पनि कानुनले त्यो अनुमति दिँदैन’, बास्कोटाले भने ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भयो भन्नेहरुको त्रास मात्रै हो । त्यो व्यक्तिगत रुपमा प्रकट हुने कुरा हो ।’

बास्कोटाले अरुको सबै कुरा पारदर्शी खोज्नेले आफूलाई पारदर्शी राख्नुपर्ने बताए । सात लाखप्रति पत्रिका छाप्नका लागि भनेर पेपर ल्याउने तर १ लाख छापेर अरु बजारमा बेच्ने कुरालाई नियन्त्रण गर्न विधेयक आवश्यक भएको उनले बताए ।

प्रेस काउन्सिलले गरेको वर्गिकरणको सन्दर्भमा धेरैले आपत्ति जनाउने गरेको तर कति प्रति छापियो, कतिले पढे ? भन्ने कुरा अनुगमन गर्न जाँदा लुकाउने प्रवृति रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत

निर्वाचन देशद्रोही तत्वलाई ठेगान लगाउने अवसर होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु लोकतन्त्र विरोधी भएको

ओलीको प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरोः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय