मिस नेपाल अनुष्काले जितिन् मिस वल्र्ड २०१९ मा मल्टीमिडिया अवार्ड


काठमाडौं । मिस नेपाल अनुष्का श्रेष्ठले मिस वल्र्ड २०१९ मा मल्टीमिडिया अवार्ड जितेकी छन् । अनुष्काले सामाजिक सञ्जालमार्फत मल्टीमिडिया अवार्ड जितेकी जानकारी दिएकी हुन् ।

यससँगै उनले टप ४० मा स्थान बनाएकी छन् ।  लण्डनमा हुने मिस वल्र्ड प्रतियोगितामा अनुष्काले नेपालको प्रतिनिधित्व गर्नेछन् । सन् २०१८ को मिस वल्र्ड प्रतियोगितामा मिस नेपाल श्रृखला खतिवडाले पनि यो अवार्ड जितेकी थिइन् ।