शिक्षाको सुधारका लागि सरकारले कम्तीमा पनि २० प्रतिशत बजेट छुट्याउनुपर्छ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास, समृद्धि र सभ्यताको प्रमुख आधार शिक्षा भएकाले सरकारले विशेष महत्व दिएको बताएका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित विद्यालय भवनको आइतबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा गुणात्मक सुधार नभएसम्म देशमा समृद्धि, विकास र सभ्यताको सपना पुरा नहुने बताए ।

उनले आफ्नो पार्टीले चुनावमा शिक्षामा गुणात्मक सुधार राख्ने दृढता जनतासमक्ष राखेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकारले कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षाको सुधारका लागि छुट्याउनुपर्ने बताए ।

उनले सरकारले प्रविधिमैत्री व्यवसायीक शिक्षा उपलब्ध गराउने योजना सहित व्यवसायीक र प्रविधिको अनुपात ७० प्रतिशत र सैद्धान्तिक शिक्षाको अनुपात ३० प्रतिशत हुनेगरी राष्ट्रिय शिक्षा नीति ल्याउन लागिएको जानकारी समेत दिए । उनले शिक्षा क्षेत्रमा बढ्दै गएको व्यापारीकरणलाई कम गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार अनिवार्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले किन चलायो ‘म झोले’ अभियान ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन

कस्तो रह्यो पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिममन्त्री दामोदर भण्डारीले चिनियाँ सरकारको तर्फबाट भएका सम्झदारीहरु

राजावादी समूहले आज कुनै प्रदर्शन नगर्ने, दीप प्रज्वलन गर्ने

काठमाडौँ । राजावादी समूहले आज कुनै प्रदर्शन नगर्ने भएको छ । संयुक्त जनआन्दोलन

अयोध्यामा नेपाल-भारतको आध्यात्मिक एकता : महायोगी सिद्धबाबाको शोभायात्राले जगायो आत्मगौरव र चेतनाको लहर

अयोध्या, उत्तर प्रदेश । भारतको अयोध्यामा जेठ १८ गतेदेखि जारी ‘सुरत शब्दयोग ध्यान