नेकपालाई हराउँदै चितवनका तीन वटै वडामा नेपाल कांग्रेसका उम्मेदवार विजयी



चितवन । शनिबार भएको स्थानीय तहको उपनिर्वाचनमा चितवनका तीन वटै वडामा नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६, खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा नेपाली काँग्रेसका उम्मेदवारले विजयी प्राप्त गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली काँग्रेसका उम्मेदवार अमृत हमाल विजयी भएका छन् । हमाल तीन हजार एक सय ८३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम सत्तारुढ नेकपाका भक्तराज हमालले दुई हजार आठ सय ७५ मत मात्रै प्राप्त गरेका छन् ।

यसअघि भरतपुर १६ मा तत्कालिन नेकपा एमालेका उम्मेदवारले ६३ मतको फरकमा नेपाली काँग्रेसका उम्मेदवारलाई हराएका थिए । यस पटक दुई कम्युनिस्ट पार्टी एक भएर उम्मेदवारी दिएका भए पनि नेपाली काँग्रेसका उम्मेदवारले तीन सय आठ मतको भारी मतान्तरले जीत निकालेका हुन् ।

त्यस्तै खैरहनीको वडा नम्बर ४ र वडा नम्बर ५ मा समेत नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । खैरहनी ४ मा नेपाली काँग्रेसका उम्मेदवार देबबहादुर बस्नेतले एक हजार एक सय ३८ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार बेदबहादुर अधिकारीले नौ सय ८६ मत मात्रै प्राप्त गरे ।

त्यस्तै खैरहनी वडा नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार प्रतिमा कार्कीले आठ सय ४२ मत प्राप्त गरेर विजयी हुँदा सत्तारुढ नेकपाका उम्मेदवार पननारायण प्रधानले सात सय ५६ मत मात्रै प्राप्त गर्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिन्छौंः प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारहरु पनि पुनर्गठन हुने बताएका छन्

केन्द्रदेखि प्रादेशिक सरकारकाबारेमा छलफल गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनका लागि तयारी गर्न पार्टी अध्यक्ष

निमुखालाई न्याय, विपन्नलाई आयको वातावरण मिलाउनुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आब्हान