धरानका मतदाताको भरोसा बन्दै साझा पार्टी



धरान । सम्भावनाको खानी हुँदाहुदै पनि धरानको काँचुली फेरिन नसक्नुमा धरानको बागडोर सम्हालेका पुराना पार्टीका नेतृत्व सबै भन्दा बढी जिम्मेवार भएको साझा पार्टीका नेताहरुले औल्याएका छन् ।

धरानको भानु चोकमा आयोजित चुनावी कोण सभामा बोल्दै साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले धार्मिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक गन्तब्यको रुपमा प्रचुर सम्भावना भएको धरानलाई नेपालकै उत्कृस्ट नगरी बनाउन बिगतका नेतृत्वले नसक्नुमा उनीहरुको अदुरदर्शी नीति र कमिसनमा होमिएको पार्टीलाइनका कारण भएको भन्दै नयाँ सोच भएका इमान्दार र क्षमतावान युवा पुस्ताले मात्र धरानको मुहार फेर्न सक्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय सदस्य अनिल भेटवालले नेपालको विकृत राजनीतिको छाया धरानमा पनि परेकाले राजनीतिनै सुधारका लागि साझा पार्टी जनता माझ आएकोमा जोड दिए ।

केन्द्रीय सदस्य भीमप्रसाद अधिकारीले देश र नगरका लागि योगदान दिन आएका साझा पार्टीका कर्मठ इमान्दार र क्षमतावान युवा उमेदवार राजन श्रेष्ठ उत्कृष्ठ विकल्प भएकोमा जोड दिए ।

धरानका मेयरका उमेदवार राजन कुमार श्रेष्ठले धरानलाई समृद्ध नगरी बनाउन आफ्नो भिजनलाइ कार्यान्वयन गर्न सक्ने विज्ञ समूहका साथ आफूले उमेदवारी दिएको भन्दै धरानको मुहार फेर्न आफू सक्षम रहेको उल्लेख गरे ।

धरान नगर संयोजक सुदन श्रेष्ठले धरानका सचेत मतदाता साझा पार्टी विकल्पका रुपमा उदाएको भन्दै विजयी हुनेमा ढुक्क रहेको उल्लेख गरे ।

साझा पार्टी सुनसरीका संयोजक राम गिरीका अनुसार घर दैलोमा मतदाताले देखाएको उत्साह र बिगतमा परम्परागत दलहरुले गरेका बदमासीले जनता दिक्क भएकाले पनि साझा पार्टी प्रति ठुलो भरोसा सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली प्रदेश अध्यक्षमा एमालेका तीन नेताबीच प्रतिस्पर्धा

  सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारे चीनसँग महत्वपूर्ण छलफल भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा

चीन भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर शनिबार स्वदेश फिर्ता भएका

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : सांसद चौधरी

काठमाडौँ । विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन