सरकारको लक्ष्य अनुसार काम गर्न नसक्ने विगागीय प्रमुखलाई बर्खास्त गर्ने संचारमन्त्रीको चेतावनी



काठमाडौं । संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारको लक्ष्य अनुसार काम गर्न नसक्ने विगागीय प्रमुखलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

आइतबार मन्त्रालयको समीक्षात्मक बैठकमा मन्त्री बाँस्कोटाले अन्तिम समयमा विभिन्न बहाना देखाउने पुरानै शैली सरकारलाई स्वीकार्य नहुने भन्दै लक्ष्य अनुसारको कार्यप्रगति देखाउन सचिव, सहसचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिएका हुन् ।

उनले भौतिक, वित्तिय र पूँजीगत प्रगति हासिल गर्न नसकेका सचिव, सहसचिव र विभागीय प्रमुखलाई सरकारले लिखित स्पष्टिकरण सोध्ने चेतावनी दिए । उनले काम नगरि धेरै घुम्ने काम बन्द गर्न पनि निर्देशन दिए । उनले भने, “भोलि प्रधानमन्त्रीकोमा जे पेस हुन्छ त्यसपछि कुरा यसरी आउँदैन । लिखित आउँछ । निर्देशन लिखित आउँछ । तपाईको जवाफ पनि लिखित चाहिन्छ । ”

उनले प्रतिवेदन बुझाएपछि काम सकियो भनि ढुक्क नबन्न पनि सचेत गराएका छन् । उनले दोश्रो चौमासिक समिक्षामा बैठकमा ६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखहरु अयोग्य सावित हुने बताए । उनले भने, “६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखले थाहा पाउनुहोस् कि म अयोग्य छु । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपा (एकीकृत समाजवादी) को ७३ जिल्ला कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्ला कमिटी गठन गरेको

रावलले दिए १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न गठित

सरकारको कामकारबाहीप्रति गगन थापा असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

मुख्यमन्त्री आचार्यको पदको छिनोफानो आइतबार मात्र

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने भएका छन्