सीमा विवाद समाधानका लागि सरकारले पहल नगरेको देउवाको आरोप



कञ्चनपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए ।

देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए । उनले देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए ।

“कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, उनले भने, “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।”

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अत्याचारलाई पुनःस्थापित गर्न चाहनेहरुनै हुन् माओवादीको विरोध गर्नेहरु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने तथा

सैनिकको अनुशासन र उच्चस्तरको व्यावसायिक कार्यले नेपाल राष्ट्रसङ्घको विश्वासिलो सहयात्रीः रक्षामन्त्री

काठमाडौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले विश्व शान्ति स्थापनामा नेपाली सुरक्षा फौजको अथक

ओलीको प्रश्नः एमालेले जस्तो देशैभर एकैदिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न सक्छ ?

झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा

अर्थमन्त्री शर्मा र बेलायतका राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बीच