प्रधानमन्त्रीको सचिवालयमा रिमाल र भट्टराई यथावत, ६ जनाको राजीनामा स्वीकृत



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा रहेका ६ जना सल्लाहकार हटाएका छन् । प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा घनश्याम भट्टराई, फोटो पत्रकार कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेललाई प्रधानमन्त्रीले हटाएका हुन् ।

अर्यालले आफू प्रधानमन्त्री कार्यालयमा बहाल नरहेको जानकारी दिएका छन् । उनले अब प्रधानमन्त्रीकाबारेमा आफूसँग कुनै सूचना नहुने समेत बताएका छन् । प्रधानमन्त्रीको सचिवालयमा अन्य ७ जना भने यथावत् रहने भएका छन् ।

त्यसमध्ये केहीले राजीनामा नदिएको र केहीले राजीनामा दिए पनि प्रधानमन्त्रीले पदमै बहाल राखेका हुन् । पदमा रहिरहनेमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, स्वकीय सचिव ईन्द्र भण्डारी, प्रधानमन्त्रीको निकट रहेर कार्य सम्पादन गर्दै आएका राजेश बज्राचार्य, रामशरण बजगाईंलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुशासनविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा

किन चाहियो पूर्वविशिष्टलाई आजीवन सुविधा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका

मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ ?

काठमाडौँ । नेकपा एमालेको पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष छिन् । उनी

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको