राष्ट्रपतिद्वारा सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन् ।

सोमबार सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले दिएको सुझावको आधारमा प्रदेश प्रमुखहरुको नामावली राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

नियुक्त हुनेमा प्रदेश एकमा सोमनाथ अधिकारी प्यासी रहेका छन् भने प्रदेश दुईमा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश पाँचमा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कनौली र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

पाटन (ललितपुर) । नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा गरिएका छन्

दिउँसो पक्राउ परेका कमल थापा, दीपक सिंहसहित ७ जना रिहा

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष

एमाले महासचिव भन्छन् – लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएन

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताएका

कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका बेला राप्रपा सांसद दीपक सिंह पक्राउ

काठमाडौं । राप्रपाका सांसद दीपक सिंह पक्राउ परेका छन् । राजावादीको आन्दोलनबाट पक्राउ