उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजयी भए आन्तरिक विवाद अन्त्य हुन्छः सभापति देउवा



चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् ।

चितवनमा कार्यकर्तासँग छलफल गर्दै सभापति देउवाले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको उनको भनाइ थियो । देउवाले भने, “उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस्, पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।”

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अन्य शक्ति एक ठाउँमा र काङ्ग्रेस दुई पार्टी जस्तो भएका कारण हार बेहोर्नु परेको भन्दै उनले उपनिर्वाचनमा यस्तो भए कारवाही गरिने चेतावनी दिए ।

अहिलेको निर्वाचनमा सरकारको नेतृत्व गर्ने शक्तिसँगको प्रतिस्पर्धा गर्नुपर्ने समयमा काङ्ग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको सभापति देउवाले बताए।

स्थानीय तहमा हुने उपनिर्वाचनका लागि जिल्लाले उम्मेदवार तोकिसकेको बताउँदै उनँले सङ्घ र प्रदेशमा हुने निर्वाचनका लागि आज साँझ बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाइने जानकारी दिए । उम्मेदवार छान्दा जनतामाझ लोकप्रिय नेतालाई उम्मेदवार बनाउने उनको जिकिर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सदन संचालनका लागि शीर्ष नेताको बैठकमा जुटेन सहमति, गृहमन्त्रीको राजीनामामा माओवादीको अडान कायमै

काठमाडौँ । नेकपा माओवादी केन्द्र सदन संचालनका लागि गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि

‘सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को सङ्कोच !’

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचारको झोला बोक्न कुनै संकोच नभएको

संसदको गतिरोध अन्त्यका लागि प्रमुख तीन दलका शीर्ष नेता छलफलमा

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । सिंहदरबारमा प्रधानमन्त्री

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरोध यथावत्