उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



काठमाडौं । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आइतबार स्थापना भएको हो ।

स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ । उपनिर्वाचनका लागि मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हँुदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते उम्मेदवारी दर्ता हुनेछ । स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रचारप्रसारको अवधि १६ दिनको हुने छ भने स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजावादी आइलागे प्रतिरोध गर्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई

राजावादी आन्दोलनमा तनाव, कमल थापा प्रहरी नियन्त्रणमा

काठमाडौं । राजावादीहरूले आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार दिउँसो काठमाडौंको नक्साल

जनता भ्रष्टाचारदेखि दिक्क भएका छन्: नेता थानी(अन्तरवार्ता)

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई तीसको दशकदेखि राजनीति सुरु गरेका नेपाली

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रहः पाँच वटा मुद्दामा नविन सम्झौता गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई