महरालाई सात दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । काठमाडाँै जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धाका लागि थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डको एकल इजलासले बिहीबारका दिनदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार महरालाई डिएनए परीक्षणका लागि रगत उपलब्ध गराउनसमेत अदालतले आदेश दिएको छ । यसअघि यही कात्तिक २ गतेदेखि लागू हुने गरी पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । जुन आज सकिएको थियो ।

निवर्तमान सभामुख महरालाई गत २८ असोजमा १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएकोे थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरीवृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोप खरिदको कमिशन खान खोज्नुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भयोः शेरबहादुर देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना खोप खरिदको भ्रष्टाचारमा संलग्नलाई कडा

प्रधानमन्त्रीले बोलाए संविधानिक परिषद्को बैठक, सभामुख र देउवा नजाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । विभिन्न

राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ: नेतृ झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने

पीसीआर परीक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन

काठमाडौं । कोरोना परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ