प्रधानमन्त्री र आफूबीच कुनै असमझदारी नरहेको प्रचण्डको दाबी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

पाँचथरको फिदिममा पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताए ।

उनले चिनियाँ राष्ट्रपतिले नेपालको विकासमा देखाउनुभएको तत्परताबाट नेपालले ठूलो फाइदा उठाउन सक्ने बताउँदै नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालन एक सामान्य कुरा नभइ सम्बन्धलाई नयाँ चरणमा पुर्याउने घटना भएको उल्लेख गरे ।

सङ्क्रमणकालीन मुद्दा टुङ्ग्याउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले हिजो मात्रै सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली काङ्ग्रेसका नेताबीच सङ्क्रमणकालीन मुद्दा चाँडो टुङ्ग््याउने विषयमा समझादारी भएको जानकारी दिए ।

उनले नेकपाको एकताको काम अन्तिमचरणमा पुगेको उल्लेख गर्दै चाँडै प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम आयोजना गरी पार्टी नयाँ अभियानमा जाने बताए । यस सम्बन्धमा हिजो प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विस्तृत कुराकानी भएको उनको भनाई थियो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच कुनै असमझदारी नरहेको दाबी गरे । उनले संचारमाध्यममा आएजस्तो कुनै असमझदारी नरहेकाले त्यसको पछि नलाग्न पनि आग्रह गरे । उनले भने, ‘पार्टी एकताका बेला भएको सहमति कार्यान्वयन नभएको भए पार्टी यो अवस्थामा आउनै सक्दैन थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पृथ्वीनारायण शाहको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्छ’

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नेपालको नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न

नियमित संसद चलाउँ भनेर प्रचण्डजीसँग कुरा गर्न खोजें, तर उहाँ सम्पर्कमा आउन चाहनु भएनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर

एमालेले किन चलायो ‘म झोले’ अभियान ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन

कस्तो रह्यो पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिममन्त्री दामोदर भण्डारीले चिनियाँ सरकारको तर्फबाट भएका सम्झदारीहरु