हत्या आरोपमा पक्राउ परेका सांसद आलम निलम्बित



काठमाडौं । हत्या आरोपमा पक्राउ नेपाली कांग्रेसका सांसद मोहम्मद आफताव आलम निलम्बनमा परेका छन् । संसद सचिवालयले हत्या आरोपमा पक्राउ परेका सांसद आलम निलम्बन भएको सूचना जारी गरेको हो ।

हत्या आरोपमा आइतबार पक्राउ गरिएका आलमलाई संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार निलम्बन गरिएको सूचना संघीय संसद सचिवालयले जारी गरेको हो ।

संघीय संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सोमबार सूचना जारी गरी आलमको सांसद पद निलम्बन भएको जनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद आलमलाई जिल्ला अदालत रौतहटको पक्राउ पूर्जीअनुसार पक्राउ गरिएको प्रहरीबाट जानकारी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई गराएको उल्लेख गर्दै सचिव गौतमले उक्त सूचना जारी गरेका छन् ।

आलमलाई २०६४ मा संविधानसभा निर्वाचनमा जीत हासिल गर्नका लागि बम विस्फोट गराउने योजना बनाउँदा उक्त बम घरमै पड्किएर २ जनाको मृत्यु भएको र घटनामा केही व्यक्ति घाइते भएका र उनीहरूलाई जिउँदै इटा भट्टामा हालेर जलाएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवालाई प्रमुख वाहकका रुपमा परिचालन गरिने

काठमाडौँ । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकका रुपमा परिचालन गर्ने

विदेशबाट फर्किएर मौरीपालन, वार्षिक एक हजार ९५० किलो मह उत्पादन

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा

विदेशी मुद्रा आर्जन र विदेशी अनुभवको निम्ति पनि नेपालीलाई विदेश पठाउनुपर्छः वामदेव गौतम(अन्तरवार्ता)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव

सुनीताजीहरुले ‘स्टन्ट’ले मुलुक बन्दैन भन्ने बुझेको दिन हुनेछ पार्टी र देशको रूपान्तरण

-नारायण गाउँले । हरेक १० जना नेपालीमध्ये झन्डै तीन जनालाई एमाले मन पर्छ