नुक । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले समूहले ग्रीनल्यान्डमा ऊर्जा, महत्वपूर्ण कच्चा पदार्थ र कनेक्टिभिटीसम्बन्धी परियोजनाहरूमा लगानी गर्न २० करोड युरो (करिब २३ करोड २० लाख डलर) प्रतिबद्धता जनाएको बताएकी छन् ।
डेनमार्कको स्वायत्त क्षेत्रका रूपमा चिनिने ग्रीनल्याण्डको राजधानी नुकमा दुई दिने भ्रमणपछि भोन डेर लेयेनले ‘ईयू–ग्रीनल्यान्ड साझेदारी प्याकेज’ को घोषणा गरेकी हुन् ।
यसले कनेक्टिभिटी, स्वच्छ ऊर्जा र महत्वपूर्ण कच्चा पदार्थ गरी तीन रणनीतिक प्राथमिकतामा ध्यान केन्द्रित गरेको छ । ‘यो ग्रीनल्यान्डका लागि यस वर्ष र अर्को वर्षका लागि नयाँ लगानीको २० करोड युरो हो,’ ईयू प्रमुखले भनिन्।

प्रतिक्रिया