बेरुत । मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले बुधवार दक्षिण लेबनानका धेरै क्षेत्रहरूमा हवाई आक्रमण गरेको लेबनानी मिडियाले रिपोर्ट गरेका छन्।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली युद्धरत विमानहरूले नबातीह अल–फाका क्षेत्र र छिमेकी सहर कफर तेबनिटको पूर्वी इलाकालाई लक्षित गरी छापा मारेको बताएको छ। इजरायलीहरूले जह्रानी क्षेत्रको अन्सारीह सहरमा पनि ड्रोन आक्रमण गरेको जनाइएको छ।
सोमबार मध्यपूर्व युद्धको अन्त्य गर्न अमेरिका–इरान सम्झौता घोषणा भए देखि लेबनानमा हिंसात्म गतिविधि घटेको जनाइएको छ तर सम्झौता भए पछि भएको इजरायली आक्रमणका कारण कम्तिमा पाँच जनाको मृत्यु भएको जनाइएको छ।
सुधारको आशासँगै दक्षिण लेबनानका बासिन्दाहरूलाई आफ्नो बासस्थान फर्कन र आफ्नो सहर र गाउँहरूको निरीक्षण गर्न अनुमति दिएको छ, तर लेबनानी सेनाले इजरायली आक्रमणको जोखिम अझै बाँकि रहेको भन्दै स्थानीयहरूलाई फिर्तीमा ढिलाइ गर्न आग्रह गरेको छ।
इरान समर्थित लडाकु समूह हेजबुल्लाहले मार्चको सुरुमा अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन इजरायलमा रकेट प्रहार गरेर लेबनानलाई मध्यपूर्व युद्धमा तानेको थियो।
जसको जवाफ इजरायलले हवाई तथा स्थलगत आक्रमणको छुट्टै अभियानको साथ दिएको थियो। इरानका विदेश मन्त्री अब्बास अराघचीले मङ्लबार यस युद्धमा कब्जा गरेका क्षेत्रहरू बाट इजरायली सेना फिर्ता नगरे सम्म द्वन्द्वको अन्त्य नहुने बताएका छन्।
आगामी निदमा लेबनानमा कुनै पनि सैन्य आक्रमण र लेबनानका क्षेत्रहरूमा निरन्तर कब्जा गर्नु शान्ति सम्झौताको विपरित हुने उनले बताए।
तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार आफ्नो देशको सेना ‘आवश्यक हुँदासम्म’ लेबनानमा रहने बताए। हेजबुल्लाहले मंगलबार देखि दक्षिण लेबनानमा इजरायली लक्ष्यहरूमा आक्रमण गरेको दाबी गर्दै अहिलेसम्म कुनै सुचना जारी गरेको छैन।
समूहका नेता नईम कासिमले बुधबार सार्वजनिक रुपमा टेलिभिजन सम्बोधन गर्ने जनाइएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भए देखि भएको इजरायली आक्रमणका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या तीन हजार ८२६ पुगेको जनाएको छ।

प्रतिक्रिया