बीबीसी । उत्तरी चीनको शान्सी प्रान्तस्थित एक कोइला खानीमा भएको ग्यास विस्फोटमा कम्तीमा ८२ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा थप कैयौँ कामदार प्रभावित भएका छन् ।
समाचार संस्था सिन्ह्वाले टोङझोउ समूहअन्तर्गत रहेको लिउशेन्यु कोइला खानीमा भएको विस्फोटपछि घटनास्थलबाट प्राप्त विवरणअनुसार ८२ जनाको ज्यान गएको जनाएको छ ।
स्थानीय समयअनुसार शुक्रबार साँझ ७ः२९ बजे भएको विस्फोटका बेला खानीमा २४७ जना कामदार कार्यरत रहेका बताइएको छ । घटनापछि उद्धार तथा खोजी कार्य जारी रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया