नेदरल्याण्ड। हान्टा भाइरसबाट प्रभावित क्रूज जहाज एमभी होन्डियसमा सवार यात्रु र चालक दलका सदस्य बोकेका दुई वटा उडानहरू मङ्गलबार नेदरल्यान्ड्सको आइन्डहोभेन सन्य एअरपोर्टमा अवतरण गरेको जनाइएको छ।
विदेश मन्त्रालयका अनुसार अष्ट्रेलियाली अधिकारीहरूद्वारा सञ्चालित पहिलो उडानमा छ जना यात्रुहरू थिए भने, दोस्रो, उडानले लक्जरी क्रूज जहाजबाट २२ जना चालक दलका सदस्यहरू ल्याएको जनाइएको छ। जसमा एक जना डच नागरिक र अन्य २१ जना अन्य राष्ट्रका नागरिक थिए।
पहिलो जहाज लगभग रातीको १२ः३० मा अवतरण भएको जनाइउको छ भने यस विमानका छ जना यात्रुहरू अष्ट्रेलिया जाने अपेक्षा गरिएको छ। दोस्रो उडान लगभग १५ मिनेट पछि अवतरण भएको जनाइएको छ।
सार्वजनिक स्वास्थ्य र वातावरणका लागि डच राष्ट्रिय संस्थानले स्वदेश फर्केका सबै यात्रुहरूको पूर्ण मेडिकल स्क्रिनिङ गरिने बताएको छ भने प्रयोगशाला परीक्षणका लागि विमानस्थलमा सबै आगन्तुकबाट नमूना सङ्कलन गरिनेछ।
तुरुन्तै घर फर्कन नसक्ने अवस्थामा रहेका चालक दलका सदस्य र विदेशी यात्रुहरूका लागि होटलको व्यवस्था गरिएको एजेन्सीले जनाएको छ।
यसैबीच, एमभी होन्डियसको डच अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्ति जारी गर्दै जहाज स्पेनको टेनेरिफ टापुबाट नेदरल्यान्ड्सको रोटरडाम तर्फको यात्रा गरिरहेको जनाइएको छ। जहाजले यात्रा पूरा गर्न लगभग छ दिन लाग्ने अपेक्षा गरिएको छ भने आइतबारका लागि अस्थायी आगमन निर्धारित गरिएको छ।

प्रतिक्रिया