काबुल । अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव बुधबार फेला परेको प्रान्तीय प्रहरीका प्रवक्ता एहसानुल्लाह कामगरले जानकारी दिएका छन् ।
तीन दिनअघि रागिस्तान जिल्लामा हिमपहिरोमा परी ज्यान गुमाएका ती व्यक्तिको शव बुधबार फेला परेको हुँदा परिवारलाई हस्तान्तरण गरिएको अधिकारीले बताएका छन् ।
कामगरले घटनाबारे थप विवरण भने दिएनन् । बदाख्सान लगायत अफगानिस्तानका केही भागहरूमा विगत केही हप्तादेखि भारी वर्षा, बाढी, हिमपात भएको थियो र अहिले यो शान्त भएको छ ।

प्रतिक्रिया