बीबीसी । इरान र अमेरिकाबीच युद्धविरामको सहमतिसँगै इन्धनको मूल्य घट्ने क्रम सुरु भएको छ । मङ्गलबारसम्म प्रतिब्यारल १०० अमेरिकी डलर भन्दा धेरैमा कारोबार भइरहेको कच्चा तेलको मूल्य १५ देखि १६ प्रतिशतसम्म घटेको छ ।
ब्रेन्टको कच्चा तेल ९२.३० डलर प्रतिब्यारलमा झरेको छ । यद्यपि फेब्रुअरी २८ मा सुरु भएको युद्धभन्दा अघिको तुलनामा अहिले पनि तेलको मूल्य उच्च छ । त्यसअघि कच्चा तेल ७० डलर प्रतिब्यारलमा कारोबार भइरहेको थियो ।
इरान युद्धविरामको सहमतिप्रति एशियाली शेरि बजारले सकारात्मक प्रतिक्रिया देखाएको छ । एशियाली शेयर बजार बुधबार उकालो लागेको छ । सहमतिपछि दक्षिण कोरियाको कोस्पि इन्डेक्स ६ प्रतिशतले बढेको छ भने जापानको निक्के ५ प्रतिशतभन्दा धेरैले बढेको छ । दुवै देशहरू मध्यपूर्वबाट आयात हुने ऊर्जामा उच्च निर्भर छन्।

प्रतिक्रिया