काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अन्तिम आक्रमणको चेतावनी दिएका छन् । सामाजिक सामाजिक सञ्जालमार्फत ट्रम्पले आज राति एक सम्पूर्ण सभ्यता समाप्त हुन सक्ने बताएका हुन् ।
उनले यस्तो अवस्था नहोस् भन्ने चाहना व्यक्त गरे पनि सम्भावना उच्च रहेको बताएका छन् । उनले अब ‘पूर्ण र सम्पूर्ण शासन परिवर्तन’ भइसकेको दाबी गरेका छन्। उनका अनुसार अब फरक, बढी बुद्धिमान र कम कट्टर विचार भएका व्यक्तिहरूको उदयसँगै क्रान्तिकारी रूपमा सकारात्मक परिवर्तन सम्भव हुन सक्छ ।
उनले आजको रात विश्व इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणहरूमध्ये एक हुने उल्लेख गर्दै उनले ४७ वर्षदेखिको जबरजस्ती, भ्रष्टाचार र हिंसाको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । सन्देशको अन्त्यमा उनले ईरानका जनतालाई भगवानले आशीर्वाद दिऊन् भन्ने कामना गरेका छन्।

प्रतिक्रिया