कोलम्बो । श्रीलंकाले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तिहरूलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी छ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको छ । यससँग सम्बन्धित नियमहरू मन्त्रिपरिषद्को स्वीकृति पछि संसदमा पेस गरिने सरकारी अधिकारीले बताएका छन् ।
पर्यटन क्षेत्रको पुनरुत्थान र वृद्धिलाई समर्थन गर्ने उद्देश्यले यो प्रयास सन् २०२५ जुलाई –२१ को मन्त्रिपरिषद् बैठकमा अनुमोदन गरिएको थियो । यस कार्यक्रम अन्तर्गत योग्य पर्यटकहरूलाई निःशुल्क पर्यटक भिसा जारी गरिने मन्त्रिपरिषद्का प्रवक्ता नलिन्दा जयतिसाले पत्रकारहरूसँगको साक्षातकारमा बताएका छन् ।
अध्यागमन र आप्रवासन ऐनका प्रावधानहरू अनुरूप कानुन विभागले योजनाका लागि मस्यौदा नियमहरू तयार गरेको जनाइएको छ । जुन नियमहरू अनुमोदनका लागि संसद्मा पेस गरिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया