बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा थप १० हजार सैनिक पठाउने तयारी गरेका छन् । द वाल स्ट्रिट जर्ननलको रिपोर्टअनुसार सम्भावित तैनाथीले क्षेत्रीय परिस्थितिमा थप सैन्य विकल्प उपलब्ध गराउने उद्देश्य राखेको छ ।
रिपोर्टमा उल्लेख भएअनुसार प्रस्तावित फौजमा पैदल सेना र बख्तरबन्द सवारीसाधन समावेश हुन सक्नेछ। यसअघि नै करिब ५ हजार अमेरिकी मरीन सैनिक मध्यपूर्वमा तैनाथ भइसकेका छन् ।
ट्रम्पले तेहरानसँग सम्भावित शान्ति वार्ताबारे पनि विचार गरिरहेका बेला यो कदमबारे छलफल भइरहेको बताइएको छ । यद्यपि, थप सैनिकहरूलाई कुन स्थानमा तैनाथ गरिने भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया