यूएईले खोल्यो हवाई क्षेत्र


बीबीसी । इरानको मिसाइल आक्रमणका कारण अस्थायी रूपमा बन्द गरिएको संयुक्त अरब इमिरेट्स (यूएई) को हवाई क्षेत्र पुनः सञ्चालनमा आएको छ ।

यूएईको नागरिक उड्डयन प्राधिकरणले तीव्र रूपमा परिवर्तन भइरहेका सुरक्षा अवस्थालाई मध्यनजर गर्दै हवाई क्षेत्र बन्द गर्ने निर्णय अस्थायी रहेको जनाएको थियो ।

प्राधिकरणले यात्रुहरूलाई आफ्नो उडान तालिकाबारे अद्यावधिक जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरेको छ। यात्रु तथा चालक दलको सुरक्षा नै पहिलो प्राथमिकता भएको पनि उसले स्पष्ट पारेको छ ।

सोमबार यूएईमा भएको मिसाइल तथा ड्रोन आक्रमणमा एक सर्वसाधारणको मृत्यु भएको, विश्वकै व्यस्तमध्ये एक विमानस्थल प्रभावित भएको तथा महत्वपूर्ण तेल केन्द्रमा आगलागी भएको जनाइएको छ ।