तेहरान । इरानमा एक विद्यालयमा भएको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ । इरानको सरकारी समाचार संस्था इर्नाले शिक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै उक्त जानकारी दिएको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता अली फरहादीका अनुसार विद्यालयलाई शनिबार तीनवटा मिसाइल प्रहार गरिएको थियो । उनका अनुसार उक्त आक्रमणमा थप ६३ जना घाइते भएका छन् ।
घटनापछि विद्यालय परिसरमा रहेका भग्नावशेष हटाएर सम्भावित अन्य पीडितको खोजी कार्य जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया