मस्को । मस्कोलाई युक्रेनमा युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार नभएको विदेशमन्त्री सर्गेई लाभरोभले रूसी सरकारी सञ्चारमाध्यमसँग बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी द्वन्द्व अन्त्य गर्ने प्रयासमा अघि सारेको वार्ता प्रक्रियाको एक हिस्सा जारी रहेका बेला दुवै देशका वार्ताकारहरु बिहीबार जेनेभामा पुगेका थिए ।
अमेरिकी मध्यस्थतामा युद्धरत मुलुकका प्रतिनिधिबीच धेरै चरणका छलफलहरू भएपनि सम्झौता गर्न असफल भएका छन्, मस्कोले कट्टरपन्थी क्षेत्रीय र राजनीतिक मागहरूमा जोड दिएको छ जसलाई किएभले आत्मसमर्पण हसने भन्दै अस्वीकार गरेको छ ।
रुसका उच्च अधिकारीहरूले फेरि सम्झौता नजिकिँदै गरेको भन्ने भनाइलाई खण्डन गरेका छन् ।
‘के तपाईंले हामीबाट समयसीमाको बारेमा केही सुन्नुभएको छ? हामीसँग कुनै समय सीमा छैन, हामीसँग प्रक्रियागत कार्यहरू छन् र तिनीहरूलाई पूरा गर्ने काम भइरहेको छ,’ राष्ट्रिय समाचार संस्थाहरूले लाभरोभलाई उदृत गर्दै भने ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि शान्ति प्रक्रिया कुन चरणमा छ भनेर पूर्वानुमान गर्न हतार नभएको बताए ।
उनले सञ्चारमाध्यमसँगको कुराकानीमा भने, ‘कुनै प्रकारको चरण परिभाषित गर्न वा पूर्वानुमान गर्न अहिले नै प्रयास गर्नु ठूलो गल्ती हुनेछ। म ती गल्तीहरू गर्न चाहन्न।’
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी नेता भ्लादिमिर पुटिनसँग प्रत्यक्ष बैठक आवश्यक भएको बारम्बार बताउँदै आएका छन् । रूसले कब्जामा लिएको पूर्वी युक्रेनको क्षेत्र रूसमा गाभिनुपर्ने रूसको अडान जारी रहेको छ भने युक्रेनले आफ्नो भूमि रूसलाई दिनु उसलाई भविष्यमा थप आक्रमण गर्न हौसला दिएको भन्दै यस बिषयमा अस्वीकृति जनाउँदै आएको छ।
पेस्कोभले भने, “रुस वाता निष्कर्षमा पुग्ने सुनिश्चितता नहुँदासम्म शिखर वार्ताका लागि सहमत हुनेछैन र वार्ता टोलीहरू बीच भएको सम्झौतामा हस्ताक्षर मात्र हुनेछ।”

प्रतिक्रिया