काठमाडौं । भारत सरकारले ‘केरल’ प्रदेशको नाम ‘केरलम’ राख्न निर्णय गरेको छ । केरला र केरल भनेर चिनिने दक्षिण भारतीय राज्यलाई अब ‘केरलम’ भनिनेछ ।
भारतका कम्युनिस्ट पार्टीको सरकार कायम रहेको यो एकमात्र राज्य हो । भारतको केन्द्रीय सरकारको मन्त्रिपरिषद बैठकले केरलम प्रदेश नामाकरणको प्रस्ताव पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले उक्त नाम विधान सभामा पठाएपछि संविधान बमोजिम संशोधन हुनेछ ।
केरल विधान सभाले सन् २०२४ मै केरलम नाम राख्न प्रस्ताव पारित गरिसकेको थियो । केरल भाषिक आधारमा बनेको राज्य हो ।
यहाँको मातृभाषा मलयालम हो । मलयालममा राज्यलाई ‘केरलम’ भनिन्छ । स्थानीय बोलिचालीमा ‘केरलम’ प्रचलित भए पनि अंग्रेजीमा ‘Kerala’ प्रयोग हुँदै आएको छ । नाम परिवर्तनले यही स्थानीय पहिचानलाई औपचारिकता दिन खोजेको देखिन्छ ।

प्रतिक्रिया