मचाडोको सहयोगीको अवस्था सार्वजनिक गर्न भेनेजुयलाका निर्वासित विपक्षी नेताको माग


म्याड्रिड । भेनेजुएलाका निर्वासित विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोको निकट सहयोगीको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।

गोन्जालेज उरुटियाले एक्समा लेखेका छन्, “गुआनिपाको अवस्थाको बारेमा जानकारी नहुनु भनेको उहाँलाई जबरजस्ती बेपत्ता पारिएको भन्ने हुन्छ । हामी उहाँको अवस्थाको तत्काल भरपर्दौ प्रमाणको लागि माग गर्दछौँ ।”

जनवरी ३ मा अमेरिकाले निकोलस मदुरोलाई अपदस्थ गरेपछि राजनीतिक बन्दीहरूलाई रिहा गर्दै आएका भेनेजुएलाका अधिकारीहरूले नेशनल एसेम्बलीका पूर्व उपाध्यक्ष गुआनिपालाई आफ्नो रिहाइका सर्तहरू उल्लङ्घन गरेको भन्दै नजरबन्दमा राख्नुअघि नै हिरासतमा फर्काइएको बताएका छन् ।

एक दशकभन्दा बढी भेनेजुयलाको शासन गरेका मदुरोमाथि न्यूयोर्कमा लागुऔषध र हतियारसम्बन्धी अभियोग दायर गरिएको छ। उनले आफूमाथि अमेरिकाले लगाउँदै आएको लागुऔषध कार्टेलको नेता भएको आरोप अस्वीकार गर्दै आएका थिए । अहिले उनको मुद्दा सुनुवाइको क्रममा रहेको छ।

मदुरोको शासनकाल भेनेजुएलाको इतहिासमा सबैभन्दा कठनि समय मानिन्छ । उनको कार्यकालमा देशले भीषण आर्थिक मन्दी, अत्याधिक मुद्रास्फीति र खाद्यान्न तथा औषधीको चरम अभाव खेप्यो । जसका कारण लाखौं भेनेजुएलाली नागरकिले देश छोड्नुपरेको बताउने गरिन्छ । विपक्षीहरू र अन्तरर्राष्ट्रिय समुदायले उहाँलाई ‘एक तानाशाह’ को संज्ञा दिँदै निर्वाचनमा धाँधली गरेको र मानव अधकिार उल्लङ्घन गरेको आरोप लगाउँदै आएका थिए ।