ग्रीनल्याण्ड । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्कटिक टापु गाभ्ने चेतावनीका कारण भत्किएको विश्वास पुनर्निर्माणका लागि अमेरिकी सांसद (सिनेटर)हरूको एक प्रतिनिधिमण्डल सोमबार ग्रीनल्याण्ड पुगेको भ्रमण दलमा रहेका सांसदहरूले बताएका छन् ।
रुस र चीनबाट सुरक्षा खतराको हवाला दिँदै अमेरिकी राष्ट्रपतिले ग्रीनल्याण्डलाई जबरजस्ती कब्जा गर्ने चेतावनी बारम्बार दिएका छन् ।
रिपब्लिकन सिनेटर लिसा मुर्कोव्स्कीले एक पत्रकार सम्मेलनमा भनेका छन्, “दोस्रो विश्वयुद्धपछि केही वाक्य र शब्दमा मात्र निर्माण गरिएको विश्वास क्षीण भएको छ ।” “हामीले त्यो विश्वासलाई पुनर्निर्माण गर्न काम गर्न आवश्यक छ,” उनले थपे ।
ट्रम्पसँग बारम्बार सम्बन्ध विच्छेद गरेकी लिसा मुर्कोव्स्कीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा स्वतन्त्र व्यक्तित्व एंगस किङ, डेमोक्र्याटिक पार्टीका सांसदहरू ग्यारी पिटर्स र म्यागी हसनसहितको टोलीले पिटुफिकस्थित अमेरिकी सैन्य अखडाको भ्रमण गरेको छ भने ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनसँग पनि भेट गरेको छ।
उनीहरूले ग्रीनल्याण्डका विदेश मन्त्री भिभियन मोट्जफेल्डसँग पनि कुराकानी गर्ने तयारी गरेका छन् । गत महिना अमेरिकी प्रभाव बढाउन नेटो प्रमुख मार्क रुटसँग ‘प्रस्ताव’ तयार पार्न सहमति गरेपछि ट्रम्पले बारम्बार ग्रीनल्याण्ड कब्जा गर्ने चेतावनी दिएका थिए ।
आर्कटिकमा वाशिङ्गटनको सुरक्षा चासोबारे छलफल गर्न अमेरिका–डेनमार्क–ग्रीनल्याण्ड कार्य समूह स्थापना गरिएको छ, तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
“हाम्रो नेतृत्वले विश्वास तोडेको छ । मलाई लाग्छ हामीले अब यसलाई महत्वका साथ मर्मत गर्नुपर्नेछ,” डेमोक्र्याटिक सिनेटर पिटर्सले भनिन् ।
“हामी तपाईंलाई साथी मान्छौँ । हामी चाहन्छौँ तपाईं हामीलाई आफ्नो साथी ठान्नुहुनेछ,” उनले ग्रीनल्याण्डबासीलाई सङ्केत गर्दै भने ।
डेनमार्क र ग्रिनल्याण्डले ट्रम्पको सुरक्षा चासोलाई साझा गरेको बताए पनि उनीहरूले सार्वभौमिकता र क्षेत्रीय अखण्डता छलफलको ‘बिषय’ नहुने बताएका छन् ।

प्रतिक्रिया