नाइजेरिया । नाइजेरियाको मध्य राज्य बेन्युका दुई शहरहरूमा केही दिनको अन्तरालमा भएका दुई आक्रमणमा ३० जनाको मृत्यु भएको जनाइएको छ । यस क्षेत्रमा लामो समय देखि अन्तर–साम्प्रदायिक झडप हुने सम्भावना रहेको स्रोतहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
क्वान्डे क्षेत्रको अन्वासे गाउँमा शुक्रबार दिउँसो सशस्त्र डाँकुहरूले कम्तीमा १३ जना व्यापारीको हत्या गरेको स्थानीय सरकारी अधिकारी इबी एन्ड्र्यूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
उनले आक्रमणकारीहरूले बजारमा आक्रमण गरेर मानिसहरू माथि अनियमित रूपमा गोली हानेको बताएका छन् ।
आक्रमणले व्यापारी र बासिन्दाहरूलाई आघातमा पार्नुका साथै सम्पत्ति नष्ट भएको जनाइएको छ ।
बासिन्दा र स्थानीय मिडियाका अनुसार मंगलबार सशस्त्र व्यक्तिहरूले नजिकैको म्बाइक्योरको बजारमा आक्रमण गर्दा एकजना प्रहरी अधिकारीसहित १७ जनाको मृत्यु भएको थियो ।
यस क्षेत्रमा पछिल्लो समयमा मुस्लिम जातीय मानिसहरू र मुख्यतया इसाई किसानहरू बिच भूमि र स्रोतहरूको नियन्त्रणलाई लिएर हिंसा बढेको जनाइएको छ ।
हिसांत्कम गतिविधि साम्प्रदायिक झडपका रूपमा प्रस्तुत भए तापनि, जलवायु परिवर्तन, हतियारहरूको प्रसार र नाइजेरियाली राज्यबाट दिगो प्रतिक्रियाको अभावले बढेको जटिल क्रियाकलापबाट अशान्ति उत्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया