डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि


काबुल। डलरमा लगातार गिरावटको बाबजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा अफगानिस्तानको आयातमा निर्भर अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको टोलो न्युजले जनाएको छ ।

विगत सात महिना देखि घरेलु बजारमा डलर कमजोर भई हाल प्रति डलर करिब ६५ अफगानीमा कारोबार भइरहेको जनाइएको छ । यद्यपि पिठो, चामल र खाना पकाउने तेल जस्ता आवश्यक वस्तुहरूको मूल्य तीव्र वृद्धि रेकर्ड गरेको छ ।

टोलो न्युजलाई उदृत गर्दै एक प्रतिवेदनले विनिमय दर घटेता पनि प्रमुख वस्तुहरूको मूल्य १००– १,००० अफगान भन्दा बढीको बीचमा बढेको बताइएको छ ।

यसैबीच, द अफगानिस्तान बैङ्कले सतर्क मौद्रिक व्यवस्थापनका कारण अफगानिस्तान यस क्षेत्रको सबैभन्दा स्थिर मुद्राहरू मध्ये एक रहेको उल्लेख गरेको टोलो न्युजले जनाएको छ ।

केन्द्रीय बैङङ्कका प्रवक्ता हासिबुल्लाह नूरीले विवेकपूर्ण र सन्तुलित मौद्रिक नीतिहरूको कार्यान्वयन, निर्यात वृद्धि, अधिक पारदर्शिता, लागु औषध तस्करीको रोकथामको माध्यमबाट केन्द्रीय बैङ्कले राष्ट्रिय मुद्राको स्थिरतालाई बलियो बनाउन मद्दत गरेको बताए ।

विविध आश्वासनहरूका बाबजुद, बढ्दो लागतले विशेष गरी दैनिक आवश्यकताहरू पूरा गर्न सङ्घर्ष गरिरहेका कम आय भएका परिवारहरूमा दबाब बढाएको जनाइएको छ ।

चेम्बर अफ कमर्स एन्ड इन्भेस्टमेन्टले मूल्यवृद्धिलाई मुद्रा चालमा मात्र श्रेय नदिई बजारलाई स्थिर बनाउन कदम चालेकोमा जोड दिएको टोलो न्युजले जनाएको छ ।

चेम्बर अफ कमर्स एन्ड इन्भेस्टमेन्टका कार्यवाहक प्रमुख मोहम्मद वली अमिनीले निजी क्षेत्रका माध्यमबाट चेम्बर अफ कमर्सले खाद्यान्न र आवश्यक वस्तुहरूको पर्याप्त उपलब्धता सुनिश्चित गर्न प्रयास गरिरहेको बताएका छन् ।

टोलो न्युजले चलिरहेको आयात र पारवहन प्रतिबन्धहरूले दैनिक ज्यालामा निर्भर हुने कमजोर परिवारहरूमा भारी असर गरिरहेको छ जनाएको छ ।