बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री एपस्टिन प्रकरणबाट देश अघि बढ्नुपर्ने बताएका छन् । तर अमेरिकी न्याय मन्त्रालयको समीक्षा सकिए पनि कंग्रेसमा छुट्टै अनुसन्धान अघि बढिरहेका कारण यो विषय अझै सेलाउने संकेत देखिएको छैन ।
गत दुई महिनामा न्याय मन्त्रालयले एपस्टिनसम्बन्धी यौन–तस्करी अनुसन्धानका लाखौँ कागजात सार्वजनिक गरेको थियो। उप–महान्यायाधिवक्ता टोड ब्लान्चले फाइलहरूको समीक्षा सकिएको र नयाँ अभियोजनका लागि पर्याप्त आधार नभएको बताएका छन् ।
तर क्यापिटल हिलमा प्रतिनिधिसभाले आफ्नै एपस्टिन अनुसन्धान अघि बढाएको छ। यस क्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई फेब्रुअरीको अन्त्यतिर बयानका लागि बोलाइने तयारी छ ।
यसैबीच, कंग्रेस सदस्यहरू र एपस्टिनका पीडितहरूले थप कागजात सार्वजनिक गर्न माग गरिरहेका छन्। ट्रम्पले आफ्नो नामबारे ‘केही पनि ननिस्किएको’ दाबी गरे पनि सार्वजनिक कागजातहरूमा उनको नाम हजारौँ पटक उल्लेख भएको देखिएको छ।

प्रतिक्रिया