दक्षिणी स्पेनमा उच्च–गतिको रेल दुर्घटना, कम्तीमा २१ जनाको मृत्यु


स्पेन । दक्षिणी स्पेनमा उच्च–गतिका दुई रेल आइतबार साँझ आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७३ जना घाइते भएका छन्, जसमध्ये ३० भन्दा बढीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

म्यालागाबाट म्याड्रिडतर्फ गइरहेको रेल कोर्डोबा नजिकै आदामुज क्षेत्रमा पटरीबाट उछिट्टिएर अर्को ट्रयाकमा पुगेपछि म्याड्रिडबाट हुयेल्भातर्फ गइरहेको रेलसँग ठोक्किएको हो ।

दुर्घटनाको कारण खुल्न बाँकी छ। घटनापछि म्याड्रिड–अन्डालुसिया बीचका सबै रेल सेवा स्थगित गरिएको छ । दुवै रेलमा गरेर ३०० यात्रु रहेको बताइएको छ।