बीबीसी । इरानमा जारी प्रदर्शनमाथि सुरक्षा बलले गरेको दमनका क्रममा दुई हजार भन्दा बढी मारिएका मानवअधिकार समूहले जनाएको छ। मानव अधिकारवादी समूह एचआरएएनएका अनुसार पछिल्ला १७ दिनमा कम्तीमा २,००३ जनाको मृत्यु पुष्टि भइसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृतक संख्याबारे तथ्यांक संकलन भइरहेको भन्दै ‘मद्दत आउँदैछ’ भनेका छन् । उनले इरानी अधिकारीहरूले हत्याको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् ।
मुद्राको अवमूल्यन र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन ३१ वटै प्रान्तका १८० सहर–नगरमा फैलिएको बताइएको छ। मानवअधिकार समूहका अनुसार वास्तविक मृतक संख्या हजारौँ हुन सक्ने आशंका छ।

प्रतिक्रिया