हवाना । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी शासन व्यवस्था रहेको क्युबालाई ‘सम्झौता गर्न’ वा त्यसको मूल्य चुकाउन आग्रह गरेपछि क्युबाली राष्ट्रपति मिगेल डियाज–कनेलले अमेरिकासँग ‘कुनै कुराकानी’ नभएको बताएका छन् ।
हवानाका वामपन्थी सहयोगी निकोलस मदुरोलाई अमेरिकी सेनाले सत्ताच्युत गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच वार्ता भइरहेको बताएपछि डियाज–कनेलले एक्समा लेखेका छन्, “आप्रवासनको क्षेत्रमा प्राविधिक सम्पर्कबाहेक अमेरिकी सरकारसँग कुनै छलफल भइरहेको छैन ।”
ट्रम्पले आइतबार हवानालाई चाँडै ‘सम्झौता गर्न’ आग्रह गरेका थिए भने जनवरी ३ मा अमेरिकाले भेनेजुयलाको राजधानी काराकसमा गरेको आक्रमणमा मदुरोलाई गिरफ्तार गर्नुअघि भेनेजुएलाले उपलब्ध गराएको सबै तेल र पैसा कटौती गर्न सुझाव दिएका थिए ।
वाशिङ्गटनले दशकौँदेखि आफ्नो छिमेकी टापु राष्ट्रमा अर्थव्यवस्था–अपाङ्ग बनाउन प्रतिबन्धहरू लगाउँदै आएको छ । ट्रम्पले हालैका दिनहरूमा दबाब बढाउनुभएको थियो ।
“क्युबामा अब कत्तिपनि तेल वा पैसा जाने छैन,” ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा भने । “म दृढतापूर्वक सुझाव दिन्छु उनीहरूले धेरै ढिलो हुनु अघि (तत्काल) नै सम्झौता गरून् ।
क्युवालाई के गर्ने भनेर कसैले पनि बताउने छैन डियास–कनेलले आक्रोशित हुँदै भने, “अमेरिकासँगको सम्बन्ध ’शत्रुता, धम्की र आर्थिक जबरजस्ती नभई अन्तर्राष्ट्रिय कानुनमा आधारित हुनुपर्छ’।”

प्रतिक्रिया