बीबीसी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सरकारविरुद्ध प्रदर्शन गरिरहेका व्यक्तिहरूलाई ‘उपद्रवी’ भन्दै उनीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्न खोजिरहेको आरोप लगाएका छन् ।
इरानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पत्र पठाउँदै प्रदर्शन हिंसात्मक बनाउन अमेरिकाले भूमिका खेलेको दाबी गरेको छ ।
१३ दिनदेखि जारी प्रदर्शन आर्थिक असन्तुष्टिबाट सुरु भई इस्लामिक गणतन्त्रको अन्त्य र राजतन्त्र पुनःस्थापनासम्मको मागमा बढ्दै गएको छ। मानवअधिकार समूहका अनुसार कम्तीमा ४८ प्रदर्शनकारी र १४ सुरक्षाकर्मीको मृत्यु भएको छ भने हजारौँ पक्राउ परेका छन्।
देशभर इन्टरनेट बन्द गरिएको छ । उता ट्रम्पले इरान ‘ठूलो समस्यामा परेको’ भन्दै कडा चेतावनी दिएका छन् । बेलायत, फ्रान्स र जर्मनीले इरानी सुरक्षा बलद्वारा गरिएको हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै प्रदर्शनकारीको हत्याको निन्दा गरेका छन्।

प्रतिक्रिया