इरानी प्रशासन आफ्नै नागरिकसँग त्रसित भएको इयूका कूटनीतिज्ञको आरोप


ब्रसेल्स । ब्रसेल्सले देशमा इन्टरनेटको पहुँच पुनस्र्थापना गर्न माग गरेपछि इरानी अधिकारीहरूले विरोध प्रदर्शनमा सशक्त सहयोग दिएको भन्दै युरोपेली सङ्घ (इयू) का शीर्ष कूटनीतिज्ञको निन्दा गरेका छन्।

“इरानी जनता आफ्नो भविष्यका लागि लडिरहेका छन् । उनीहरूको जायज मागलाई बेवास्ता गरेर, सत्ताले आफ्नो वास्तविक रङ्ग देखाउँछ,” इयूका विदेश नीति प्रमुख काजा कल्लासले एक्समा लेखेका छन् ।

उनले भने, “तेहरानबाट आएका तस्वीरहरूले सुरक्षा बलको असङ्गत र कठोर प्रतिक्रिया प्रकट गर्दछ । शान्तिपूर्ण प्रदर्शनकारीमाथि हुने कुनै पनि हिंसा अस्वीकार्य छ ।”

यसअघि युरोपेली सङ्घका प्रवक्ताले अधिकारीहरूलाई ‘अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारलाई कायम राख्न र सबैका लागि इन्टरनेटको पहुँच पुनस्र्थापना गर्न’ आग्रह गरेका थिए ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शुक्रबार इस्लामिक गणतन्त्रका अधिकारीहरू दुई हप्तादेखि जारी आन्दोलनका क्रममा भएको प्रदर्शनका कारण पछि नहट्ने बताएका छन् ।

इन्टरनेट अनुगमनकारी संस्था, नेटब्लक्सले अधिकारीहरूले सम्पर्कबाट सबै नेटवर्क टुटाएको जनाएको छ । “व्यापक विरोध प्रदर्शनलाई दबाउने प्रयासमा देश १२ घण्टादेखि ‘अफलाइन’ छ।”