दुबई । एक उच्चस्तरीय पृथकतावादी प्रतिनिधिमण्डलसँग रियादको यात्रा गरेका यमनका हालै बर्खास्त गरिएका रक्षामन्त्री मोहसिन अल–दायरीलाई साउदी अरबबाट हिरासतमा लिइएको छ ।
स्रोतका अनुसार अल–दायरीको परिवारले उनीसँग सम्पर्क गर्न नसकिएको जनाएको छ। उनी बुधबार बिहानै एडेन छोडेर रियादका लागि प्रस्थान गरेका थिए ।
संयुक्त अरब इमिरेट्स समर्थित साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटिसी)को प्रतिनिधिमण्डलमा सहभागी भएको युएइका शीर्ष सदस्यसहित ५० जनाभन्दा बढी प्रतिनिधिमण्डलसँगै उनी सोही विमानमा चढेका थिए ।
एसटीसीले उनीहरूलाई ‘स्वेच्छाचारी रूपमा हिरासतमा’ लिइएको र उनीहरूसँग सम्पर्क हुन नसकेको बताएको छ।
मन्त्री अल–दायरी एसटीसीको आधिकारिक सदस्य भने नभएको तर उनी एसटिसी समूहका नेता ऐदारोस अल–जुबैदीको गृह प्रान्त धालेमा जन्मिएका थिए ।
साउदी समर्थित प्रतिद्वन्द्वीहरूलाई निष्कासन गर्दै र रियादलाई आक्रोशित बनाउँदै एसटीसी सेनाले गत महिना दक्षिणको धेरै भाग कब्जा गरेको थियो।
यमनको राष्ट्रपतिको कार्यालयले बिहीबार दायरीलाई उनको पदबाट बर्खास्त गरेको थियो। यस घटनाले खाडी सहयोगीहरू साउदी अरब र संयुक्त अरब इमिरेट्सबीचको विवाद उजागर गरेको छ।
साउदी नेतृत्वको गठबन्धनले जुबैदी संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबी भागेको आरोप लगाएको छ ।

प्रतिक्रिया