लेबनानद्वारा हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने पहिलो चरण पूरा


बेरुत । दक्षिण लेबनानमा हेजबुल्लाहलाई निशस्त्र गर्ने लेबनानीे योजनाको पहिलो चरण पूरा गरेको लेबनानको सेनाले जानकारी गराएको छ। इजरायलले यो प्रयासलाई उत्साहजनक तर ‘अपर्याप्त’ भनेको छ ।

भारी अमेरिकी दबाबमा र इजरायली आक्रमणको विस्तारको डरबीच लेबनानले इरान समर्थित लडाकू समूहलाई निशस्त्रीकरण गर्ने प्रतिबद्धता जनाएको छ । एक वर्षभन्दा बढी शत्रुतापछि दुई महिनाको पूर्ण युद्धमा हेजबुल्लाह समूह निकै कमजोर भएको थियो सन् २०२४ नोभेम्बरको युद्धविरामसँगै समाप्त भयो ।

युद्धविरामको बाबजुद, इजरायलले लेबनानमा नियमित आक्रमणहरू जारी राखेको छ । सामान्यतया, लेबनानले हिजबुल्लाहका प्रभाव क्षेत्र र कार्यकर्ताहरूलाई लक्षित गरिरहेको छ । दक्षिण लेबनानका पाँच क्षेत्रहरूमा सेना उपस्थित रहेको छ । समूहलाई पुनः संगठित गरेको आरोप लगाउँदै यसले रणनीतिक रूपमा आक्रमणहरू अघि बढाइरहेको छ।

लेबनानको आधिकारिक सञ्चारमाध्यमले बिहीबार दक्षिणी शहर सिदोन नजिकै भएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ ।

लेबनानको सेनाले इजरायलको सीमाबाट करिब ३० किलोमिटर (२० माइल) टाढा लितानी नदीको दक्षिणको क्षेत्रलाई समेटेर आफ्नो योजनाको पहिलो चरणको उद्देश्य हासिल गरेको बताएको छ ।
एक विज्ञप्तिमा लेवनानी सेनाले सीमा नजिकै ‘अझै पनि इजरायलले कब्जा गरेको क्षेत्र र स्थान’ बाहेक अन्यत्र आफूहरूको सशक्त उपस्थिति रहेको उल्लेख गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा युद्धविरामले हेजबुल्लाहलाई पूर्ण रूपमा निशस्त्र हुनुपर्ने स्पष्ट उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “लेबनानी सरकार र लेबनानी सशस्त्र बलले यस उद्देश्यका लागि गरेका प्रयासहरू एक उत्साहजनक सुरुवात हुन् तर ती पर्याप्त छैनन्, जुन इरानी समर्थनमा आफ्नो आतङ्कवादी पूर्वाधारलाई पुनः शस्त्रीकरण र पुनर्निर्माण गर्ने हेजबुल्लाहको प्रयासबाट प्रमाणित हुन्छ ।”

बिहीबार पनि इरानका विदेश मन्त्री अब्बास अरागचीले इजरायललाई उदृत गर्दै आफ्नो दुई दिने भ्रमणको ‘प्राथमिक उद्देश्य’ ‘यहुदी शासन’ ले यस क्षेत्रमा सामना गरिरहेका ‘गम्भीर चुनौती र खतरा’ को बारेमा अधिकारीहरूसँग परामर्श गरेको बताए ।

हेजबुल्लाहले लितानी नदीको उत्तरमा आफ्नो सेना फिर्ता गर्ने र खाली गरिएका क्षेत्रहरूमा आफ्नो सैन्य पूर्वाधार भत्काउने युद्धविराम अन्तर्गतको पहिलो चरणको काम हो । उक्त समूहले आफ्ना हतियार बुझाउन अस्वीकार गरेको छ ।

लेबनानको सेनाले ‘विस्फोट नभएका अस्त्रहरूको निस्तेजीकरण पूरा गर्न’ र हेजबुल्लाहले खनेका सुरुङहरूको खोजी गर्न लितानीको दक्षिणमा अभियान जारी राख्ने बताएको छ ।

सेनाको नेतृत्वले क्याबिनेटलाई निशस्त्रीकरण योजनाको प्रगतिबारे जानकारी गराएपछि सूचना मन्त्री पल मोर्कोसले सरकारले यो योजना ‘जतिसक्दो चाँडो’ कार्यान्वयन गर्न प्रयमस गरिरहनेमा जोड दिएको बताए ।