भेनेजुयलाको सङ्कटपछि मेक्सिकोले क्युवालाई तेल आपूर्ति गर्दै


मेक्सिको सिटी । संयुक्त राज्य अमेरिकाले क्युवाको परम्परागत आपूर्तिकर्ता भेनेजुएलाविरुद्ध नाकाबन्दी सुरु गरेदेखि मेक्सिको क्युवालाई तेल उपलब्ध गराउने ‘प्रमुख प्रदायक’ बनेको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले बताएकी छन् ।

“ मेक्सिको क्युबालाई तेल उपलब्ध गराउने स्पष्ट रूपमा एक प्रमुख प्रदायक बनेको छ, अमेरिकी प्रतिबन्धबाट बच्न आफ्ना सहयोगीहरूबाट कटौती–मूल्य आपूर्तिमा निर्भर छ,” शेनबामले भनिन् ।
उनको देशले क्युबालाई ‘पहिलेभन्दा भन्दा बढी तेल’ नपठाएको तर अहिले तेलको प्रमुख प्रदायक मेक्सिको भएको छ ।

उनले फाइनेन्सियल टाइम्सको रिपोर्टमा टिप्पणी गर्दै भनिन्, “सन् २०२५ मा क्युबामा मेक्सिकोको तेल निर्यात भेनेजुएलाको भन्दा बढी थियो ।’ मेम्सिकोको यो भनाई वाशिङ्गटनले गत सप्ताहन्तमा भेनेजुएलाका राष्ट्रपतिलाई पदच्युत गरेर देशको कच्चा निर्यातमा नियन्त्रण गर्न माग गरेपछि आएको हो ।