डेल्सी रोड्रिगेजलाई भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी


बीबीसी । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई दिइएको छ ।

अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिइएको हो ।

कराकासस्थित भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेस देशको सर्वोच्च नेता रहने आदेश जारी गरेको छ ।

उनले अब अन्तरिम राष्ट्रपतिका रूपमा काम गर्नेछिन् । राष्ट्रपति ट्रम्पले ‘सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म’ भेनेजुएलाको शासन सत्ता अमेरिकाले चलाउने बताएका छन्।