भेनेजुएलामाथि भएको अमेरिकी सैन्य कारबाहीबाट राष्ट्रसङ्घ चिन्तित


बीबीसी । संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ताले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य कारबाहीबाट आफू ‘अत्यन्तै चिन्तित’ भएको महासचिव एन्टोनियो गुटेरसले बताएको उल्लेख गरेका छन् ।

उनले उक्त क्षेत्रमा निम्तिन सक्ने प्रभावबारे चिन्तित रहेको पनि बताएका छन् । ‘भेनेजुएलाको यो परिस्थितिमा मात्रै पनि अहिलेका घटनाक्रमले खतरनाक नजिर स्थापित गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

‘महासचिवले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसङ्घको विधानको सबैले पूर्ण सम्मान गर्नुपर्नेमा निरन्तर जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय कानुनको पालना नभएकोमा उहाँ अन्त्यन्तै चिन्तित हुनुभएको छ।’ चीन र रुसको समर्थनमा कोलम्बियाले सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गरेको छ।