बीबीसी । भेनेजुएलाको राजधानी कराकाससहित देशका विभिन्न भागहरूमा अमेरिकाले आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका सैन्य केन्द्रहरू सहितका स्थानमा आक्रमण गर्न आदेश दिएपछि आक्रमण सुरु भएको हो ।
भेनेजुएलाको सरकारले उक्त आक्रमण अमेरिकाले गरेको बताएको छ भने राष्ट्रपति निकोलास मदुरोले राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन् ।
उनले उक्त हमला अमेरिकाले आफ्नो देशको तेल र खनिज पदार्थ खोस्ने प्रयासको रूपमा गरेको भन्दै त्यसको निन्दा गरेका छन् । प्रभावितमध्ये राजधानी सहरको केन्द्रमा अवस्थित हवाई क्षेत्रसहितको सैन्य क्षेत्र र फोर्ट ट्युनाको मुख्य सैनिक अखडा छन्।
त्यस आसपासका कैयौँ समुदायहरू विद्युतविहीन बनेका छन् । आक्रमणपछि सहरमाथि धुवाँको मुस्लो उठेको देखिएको छ । स्थानीय सञ्चारमाध्यमका खबरमा विस्फोटहरूसँगै विमानहरू उडेको आवाज पनि सुनिएको बताइएको छ ।

प्रतिक्रिया