भारत । भारतको कर्नाटक राज्यको चित्रदुर्गा जिल्लाको हिरियुर नजिक बिहीबार बिहान बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । बेंगलुरुबाट शिवमोग्गा हुँदै गोकर्णतर्फ गइरहेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदै गएपछि बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो फैलिँदै जाँदा केही यात्रु झ्यालबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए ।
घटनापछि स्थानीय प्रहरी र उद्धार टोली घटनास्थल पुगेका छन्। घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ । सवारीसाधन मन्त्री रामालिङ्गा रेड्डीका अनुसार तीव्र गति दुर्घटनाको सम्भावित कारण रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया