किएभ । रूसी आक्रमण अन्त्य गर्न अमेरिकी नेतृत्वको मस्यौदा योजनाको पछिल्लो संस्करणमा युक्रेनले केही राहत मिल्ने देखिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
युरोपेली सङ्घ (इयू) र र मस्कोले नयाँ सर्तहरू स्वीकार गर्छन् कि गर्दैनन् भन्ने बिषयमा उनीहरूको धारणा सार्वजनिक भइसकेको छैन ।
अमेरिका र युक्रेनी वार्ताकारहरूले सहमति गरेको २० बुँदे योजनाको मस्कोले समीक्षा गरिरहेको बताएको छ तर क्रेमलिनले पूर्वबाट पूर्ण युक्रेनी फिर्तीको लागि आफ्नो कडा क्षेत्रीय मागलाई छोड्ने कमै सम्भावना छ ।
कागजातमा केही बुँदाहरू आफुलाई मन नपरेको पनि नेता जेलेन्स्कीले बताए ।
किएभले युक्रेनलाई डोनेट्स्क क्षेत्रबाट फिर्ता लिन वा मस्कोको सेनाले कब्जा गरेको भूमिलाई रूसको रूपमा मान्यता दिने बुँदाहरू हटाउन सफल भएको छ ।
किएभले नेटो सदस्यताको माग त्याग्नु पर्छ भन्ने रूसी मागलाई पनि नयाँ योजनाबाट हटाइएको नेता जेलेन्स्कीले बताए ।
कागजातमा नेटो सदस्यता त्याग्नुपर्ने रूसी मागलाई उल्लेख गरिएको छैन । यो प्रस्तावले अझै पनि युक्रेनले केही सेनाहरू फिर्ता गर्ने बिषयमा मार्ग प्रशस्त गर्दछ र उसले नियन्त्रण गरेको डोनेट्स्क क्षेत्रको २० प्रतिशत क्षेत्रमा पनि असैन्यीकृत क्षेत्रहरू स्थापना गरिनेछ।
जेलेन्स्कीले पत्रकारसँग दुई घण्टाको जानकारीमा योजनाको मुख्य र थप व्याख्या गरिएका भागहरूबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया