युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध


ब्रसेल्स । युरोपेली सङ्घ (इयु) ले रुसी न्यायपालिकाका दुई सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।

युरोपियन युनियनका सदस्य राष्ट्रहरूले दिमित्री गोर्डेयेभ र ल्युडमिला बालान्डिनामाथि प्रतिबन्ध लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिबन्धहरू अन्तर्गत, रूसी न्यायपालिकाका दुई सदस्यहरूलाई ईयूमा प्रवेश गर्न वा यसको सदस्य राष्ट्रहरूमा रहेको सम्पत्ति प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाइएको छ ।

ईयूका अनुसार यी दुई व्यक्तिले घोर मानव अधिकार उल्लङ्घन, नागरिक समाज र लोकतान्त्रिको पद्धतीको दमन र लोकतन्त्रको अवमूल्यनका लागि जिम्मेवार रहेकाले उनीहरुलाई प्रतिबन्ध लगाइएको हो ।