बोल्सोनारोको सजाय घटाउने विधेयकमाथि ‘भिटो’ लगाउने राष्ट्रपति लुलाको भनाइ


ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले बिहीबार काङग्रेसले पारित गरेको पूर्वराष्ट्रपति बोल्सोनारोको सजाय घटाउने विधेयकमाथि भिटो प्रयोग गर्ने बताएका छन् ।

ब्राजिलको सिनेटले बुधबार बोल्सोनारोको सजाय घटाउने विधेयक पारित गरेको छ । उनले भिटोपछि अन्ततः काङ्ग्रेसले बिधेयक खारेज गर्नुपर्नेछ ।

‘बिधेयक मेरो टेबुलमा आइपुगेपछि राष्ट्रपतिलाई संविधानद्वारा प्रदत्त विशेष शक्ति ‘भिटो’ प्रयोग गर्नेछु । लुलाले पत्रकार सम्मेलनमा भने, ‘यो कसैबाट लुकेको कुरा होइन । मसँग भिटो गर्ने अधिकार छ।’

उनले भने,’उनीहरूलाई मेरो भिटो उल्टाउन वा नउल्टाउन अधिकार छ। त्यो अगाडिको खेल हो।’