हाइनान स्वतन्त्र व्यापार बन्दरगाहमा विशेष भन्सार सञ्चालन


हाइकोउ (सिन्ह्वा) । चीनले बिहीबार हाइनान स्वतन्त्र व्यापार बन्दरगाह (एफटीपी) मा टापु–व्यापी विशेष भन्सार सञ्चालन सुरु गरेको छ। क्षेत्रफलका हिसाबले विश्वकै सबैभन्दा ठूलो एफटीपी मानिने हाइनानमा यस कदमसँगै विदेशबाट आयात हुने वस्तुको प्रवेश थप सहज बनाइएको छ भने शून्य भन्सारको दायरा विस्तार गरिएको छ।

नयाँ व्यवस्थाअनुसार ३० हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल भएको हाइनान टापुलाई विशेष भन्सार निगरानी क्षेत्रका रूपमा तोकिएको छ। यसलाई हाइनान एफटीपीको विकासमा नयाँ चरणको रूपमा लिइएको छ, जसले वस्तु, पुँजी, जनशक्ति र डाटाको आवागमनलाई थप सहज बनाउनेछ।

विश्वव्यापी रूपमा संरक्षणवाद बढिरहेको अवस्थामा यो कदम चीनले स्वतन्त्र व्यापार प्रवद्र्धन र उच्चस्तरीय खुलापन विस्तार गर्ने निरन्तर प्रयासको महत्वपूर्ण उपलब्धि भएको बताइएको छ। शून्य भन्सार, कम कर दर र सरल कर प्रणालीमार्फत व्यवसायमैत्री वातावरण सुदृढ गर्ने लक्ष्य राखिएको छ।